काठमाण्डौँ । एप्रिला कम्पनीले नयाँ स्कुटर एप्रिला एसएक्सआर १६० नेपाली बजारमा ल्याएको छ । कम्पनीले स्कुटरको मुल्य नेपाली बजारमा ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
१६० एमएम ग्राउण्ड क्लिरेन्स भएको यो स्कुटरले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । ७ लिटरको पेट्रोल टंकी क्षमता रहेको यो स्कुटर १०० को स्पीडमा गुड्न सक्नेछ ।