आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ

पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ

नागरिक पाटी

४, फाल्गुण २०७७
  • 19.2K
    SHARES
  • पालिका परिचय  : गल्छी गाउँपालिका, धादिङ

    धादिङ जिल्लामा अवस्थित गल्छी गाउँपालिका नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको धादिङ जिल्लाको साविकका गाविस कल्लेरी (सबै), बैरेनी (सबै) र गोगनपानी (१,२,३,४ र ९) गरी तीन वटा गाविसलाई समायोजन गरी गल्छी गार्उँपालिका गठन गरीएको छ । उक्त गाउपालिका लाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ ।

    images

    यस गाउँपालिकाको नाम “गल्छी” कसरी रहन गयो भन्ने प्रसङ्गमा राणाकालिन समयमा श्री ३ महाराज जङ्ग वहादुर राणा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सेना परिचालन गरी धादिङ्ग जिल्लाको गल्छी खोलालाई गल र छिनोले काटेर खोलालाई अर्को क्षेत्रवाट वगाई साविकको खोला वगेको ठाउँमा वस्ती वसाएको हुँदा त्यस ठाउँको नाम गल्छी रहन गएको भनाई रहेको छ । त्यसै नामवाट नै यस गाउँपालिकाको नाम गल्छी गाउँपालिका राखिएको हो । नेपाल सरकारले धादिङको बैरेनी र गल्छीलाई मध्य पहाडीलोक मार्गका प्रमुख १० शहरहरु मध्येको एक शहरको रुपमा छनोट गरेको र नेपाल सरकारले प्राथमिकताको आयोजना मध्येको शहरी विकास योजना भएकोले बैरेनी गल्छीलाई जिल्लाकै प्रमुख बजार र व्यापारिक केन्द्र बन्ने सूचीमा राखेको छ ।

    गल्छी गाउँपालिकाको जम्मा क्षेत्रफल १२९.०८ वर्ग किलोमिटर रहेको छ । पूर्वमा थाक्रे गा.पा.र नुवाकोट जिल्ला, पश्चिममा गजुरी र सिद्धलेक गा.पा., उत्तरमा निलकण्ठ न.पा. र नुवाकोट जिल्ला तथा दक्षिणमा गजुरी, थाक्रे गा.पा. र मकवानपुर जिल्ला पर्दछ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ५८४९ र जम्मा जनसंख्या २७७८४ मध्ये पुरुष १४३९९ र महिला १३३८५ रहेको छ ।

    वडा विभाजन

    १ : कल्लेरी १,२,३
    २ : कल्लेरी ४,५,६
    ३ : कल्लेरी ७,८,९
    ४ : बैरेनी १,७,३
    ५ : बैरेनी २,४,५,६
    ६ :बैरेनी ९
    ७ :बैरेनी ८
    ६ :गोगनपानी १,२,३,४,९

    जलवायु

    यस गाउँपालिकामा उष्ण, समशितोष्ण र शितोष्ण हावापानी पाईन्छ । यहाँको तल्लो भागमा ग्रीष्ममा धेरै गर्मी हुने गर्दछ । यहाँको अधिकतम तापक्रम गर्मी सिजनमा ३० डिग्री भन्दा माथी हिउँदमा १० डिग्री सम्म हुने गर्दछ । प्रमुख जातजातिहरु यस गाउँपालिका भित्र वसोवास गर्ने स्थानीयवासी विभिन्न जातजातिहरुको भएतापनि एकसमानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । राष्ट्रिय जनगणना २०६८ तथ्याङ्कलाई नियाल्दा यस गाउँपालिकामा बसोवास गर्ने प्रमुख जातजातिहरुमा तामाङ्ग, ब्राम्हण, क्षेत्री, मगर, सार्की, कामी, घर्ती, दमाई लगायतका रहेका छन ।

    प्रमुख मातृ भाषा

    कुनै पनि व्यक्तिले आफ्नो जन्मपछि परिवारमा सबैभन्दा पहिले बोल्न सिकेको भाषालाई मातृ भाषा भनिन्छ । यहाँ वोलिने विभिन्न जातजातिहरुको भाषा तामाङ्ग, नेपाली, मगर अन्य आदि रहेका छन ।

    धर्म

    यस गाउँपालिका भित्र वसोवास गर्ने स्थानीयवासी विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेता पनि यिनीहरुको आ–आफ्नै किसिमको धर्म तथा संस्कृती रहेका छन । यहाँ धेरैजसो हिन्दु धर्मावलम्वीहरु रहेका छन भने केहि किरात, बुद्ध, क्रिश्चियन आदि धर्म मान्ने व्यक्तिहरु पनि रहेका छन ।

    संस्कार

    जातिगत र साँस्कृतिक विविधता रहेको यस गाउँपालिकाका वासिन्दाहरुको आ–अफनै किसमको सामाजिक संस्कार रहेको छ । यस गाउँपालिकामा धेरै हिन्दु धर्म मान्नेको वाहुलियता बढि भएकोले यिनीहरुले गर्ने प्रमुख संस्कार कुल पुजा, गोठ पुजा, वर्तमान, विवहा, काजकृया, वार्षिक काम, न्वारन, तिथी सराद्ध, सोह्रस्राद्ध औशि, पूर्णीमा, सक्रान्ती, मसान्ता, सत्यनाराण्यणको पुजा, एकाह, होमहोमदी, यज्ञ, सप्ताह, रुद्रीपाठ, मलमास, सूर्य ग्रहण, चन्द्रग्रहण, आदि रहेका छन ।

    चाडपर्वहरु

    प्रमुख चाडपर्व तथा मेलाहरुमा विजयादशमी, दिपावली, नौरथा, घटस्थापना, सोह्र श्राद्ध, रामनवमी, माघेसक्रान्ती, साउने सक्रान्ती, तिज, जनैपूर्णीमा, कृष्ण जन्माष्टमी, फागुपुर्णीमा, बुद्धपूर्णीमा, ल्होछार, तमु ल्होछार, क्रिसमस–डे, आदि यहाँका प्रमुख चाडपर्वहरु हुन ।

    सामाजिक वातावरण

    यस गाउँपालिकामा विभिन्न किसिमका जात, जाति, भाषा र धर्म भएको मानिसको वसोवास रहेतापनि जातिय एवं भाषिक सौहर्दतापूर्ण बसोवास रहेको छ । मर्दा, पर्दा, विभिन्न चाडपर्वमा एक अर्काको (विविध धर्मावलम्वी) वीच सहयोग आदान प्रदान हुने गर्दछ । त्यसैले त्याहाको सामाजिक वातावरण मेलमिलापुर्ण रहेको छ ।

    यो पनि पढ्नुहोस्..

    पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

    पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - २१:३६:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology