आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई ब्यूटिसियन तालिम प्रदान

देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई ब्यूटिसियन तालिम प्रदान

नागरिक पाटी

१३, चैत्र २०७७
  • 5.8K
    SHARES
  • देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई ब्यूटिसियन तालिम प्रदान

    काठमाण्डौँ । उद्यमशीलताको विकास र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको हो ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो । सोही अभियानको निरन्तरता स्वरुप कोरोना प्रकोपका बाबजुद देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ ।

    images

    काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेका ब्यूटिसियनहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । ग्लो टु ग्लो दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहका अनुसार मेकअप र हेयर डिजाइनको विशेषज्ञा तालिम प्रदान गरिएको हो ।

    ‘ब्यूटिसियनकै रुपमा कार्यरत रहेका धेरै जिल्लाका महिलाहरूले तालिमका लागि आउनुभएको थियो, उहाँहरूले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट थप दक्षता हासिल गर्नुभएको छ,’ प्रबन्ध निर्देशक शाहले भनिन्, ‘तालिमपछि उहाँहरूलाई आत्मविश्वास अभिवृद्धिका लागि प्रमाणपत्र पनि प्रदान गरिएको हो ।’

    ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले विश्व बजारको नवीनतम् प्रयोग र नेपालमा देखिएको ट्रेण्डलाई अझै परिष्कृत ढंगले अघि बढाइरहेको शाहले बताइन् ।

    ‘महिलाहरूलाई यही क्षेत्रबाट सक्षम बनाउनका लागि फरक ढंगको कार्यक्रम सञ्चालन गर्ने यो एउटै मात्र संस्था हो, महिलालाई आफूमा विश्वास गर्नसक्ने बन्न प्रेरित गर्ने उद्देश्यले नै यो कार्यक्रम गरिएको हो,’ शाहले भनिन् ।

    ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले हरेक वर्ष कार्यक्रम गरेर तालिममा सहभागी भएका ब्यूटिसियनहरूलाई प्रमाणपत्र दिने गरेको छ । सबै मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट र सफल ब्यूटिसियन वा प्रोफेसनल आर्टिस्टहरूलाई एकै ठाउँमा भेला पारेर अनुभव आदानप्रदान गरिएको जानकारी शाहले दिइन् ।

    ‘नेपालमा धेरै मानिसहरूलाई उदीयमान स्टार्टअपको रुपमा यो क्षेत्र रहेको भन्ने कुरा थाहा नहुन सक्छ, नेपालमा अहिलेसम्म मेकअप आर्टिस्ट र हेयर आर्टिस्ट केन्द्रित कार्यक्रम पनि छैन,’ प्रबन्ध निर्देशक शाहले भनिन्, ‘स्टार्टअप आर्टिस्टले प्रोफेसलनस्लाई भेटेर उनीहरूको अनुभव सुन्न सम्भव छैन, यद्यपि, ग्लो टु ग्लोका विद्यार्थीहरूलाई एउटै प्याल्टफर्ममा ल्याउने कोसिस हामीले गरेका हौं ।’

    यसैबीच, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले दुबईमा पनि फेन्चाइज विस्तार गरेको छ । ‘हामीले हाम्रा विद्यार्थीहरू अन्तर्राष्ट्रिय आर्टिस्टको रुपमा काम गर्न सक्षम हुन् भन्ने लक्ष्य अनुसार फेन्चाइज सुरु गरेका हो,’ उनले भनिन् ।

    ग्लो टु ग्लोलाई बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै शाहले अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन र विस्तारको प्रयासमा आफूहरू रहेको जानकारी दिइन् ।

    ग्लो टु ग्लोको पहिलो कार्यक्रम अप्रिल २०१९ मा आयोजना गरेको थियो । जसमा नेपालका विभिन्न जिल्लाबाट ६० जनाभन्दा बढी सहभागी भएका थिए ।

    यसैबीच, उक्त कार्यक्रममा ग्लो टु ग्लोमा तालिम लिएका ब्यूटिसियन सुनिता कार्की र बबिता मानन्धरले आफ्नो अनुभव सुनाएका थिए। क्वीज प्रतिस्पर्धाकी विजेता दीक्षा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - १४:५१:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology