शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

बेटर ब्रिक नेपाल परियोजनाका बारेमा पत्रकारहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न

बेटर ब्रिक नेपाल परियोजनाका बारेमा पत्रकारहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न

शिवराज आचार्य

१६, चैत्र २०७७
  • 9.5K
    SHARES
  • बेटर ब्रिक नेपाल परियोजनाका बारेमा पत्रकारहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न

    धार्के । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका र गजुरी गाउँपालिकाका चार वटा इट्टा उद्योगमा बेटर ब्रिक नेपाल परियोजना प्रयास नेपाल धादिङले संञ्चालन गरिरहेको छ ।

    images
    images


    बेटर ब्रिक नेपाल परियोजनाका बारेमा सोमबार पत्रकारहरुका लागि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । विविएन परियोजनाले बाल तथा बाध्यकारी श्रमको अन्त्य गर्दै समग्र इँटा उद्योगको रुपान्तरणका लागि बेटर ब्रिक नेपाल कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    ईटा उद्योग सञ्चालन हुनका लागि ईटा उधोग महासङ्घले चार वटा सिदान्त सहितको सामाजिक आचारसंहिता जारि गरिएको भए तापनि प्रभावकारी रुपमा कार्यन्वयन भने हुन सकेको छैन ।


    उद्योगमा प्रभावकारी रुपमा बालश्रमको अन्त्य गर्नका लागि उद्योगीहरुले विभिन्न मापदण्ड पुरा गर्नु पर्ने भए पनि विविएन परियोजना सञ्चालन भएका ईटा उधोगमा बालश्रम मुक्त ईटा उधोग बनाई सबै मापदण्ड पूरा गरि पमाणिकरण ईटा उधोग बनाउन लागिएको छ । जिल्लामा संचालित बेटर ब्कि नेपाल कार्यक्रम संचालन नभएको ईटा उधोगमा त्यसमा पनि अधिकांश पथेरा र खच्चड भएको ईटा उद्योगमा बालश्रम प्रयोग भएको पाइएको छ ।


    नेपालको श्रम शक्ति सर्वेक्षण २०१८ अनुसार नेपालका ईटा उद्योगहरुमा २ लाख भन्दा बढी श्रमिकले रोजगारी पाएको ,६० हजार बालश्रमिक त्यसमा पनि ६० प्रतिशत महिला बालश्रमिक प्रयोग भएको बताएको छ ।

    विविएन परियोजनाको सहयोगमा प्रयास नेपालले बालश्रम उन्मुलन,कामदारको स्वास्थ्य सुरक्षा,कामदारलाई अभिमुखिकरण कार्यक्रम र विद्यालय निरन्तरताको लागि बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग परियोजना संयोजक शुनिता कंडेलले जानकारी दिनु भएको छ । यस सिजनमा सञ्चालन भएको विविएन कार्यक्रमको बारेमा जानकारी गराईको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - १८:५७:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology