आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

नागरिक पाटी

१९, चैत्र २०७७
  • 6.8K
    SHARES
  • सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

    काठमाण्डौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेर (H. E. Hanan Goder) बीच आज शिष्टाचार भेट भएको छ ।
    सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिनु भयो । सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० बर्ष लामो कुटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उहाँले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गर्नु भयो ।

    images

    सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताउनु भयो ।

    सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीहरुलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनु भयो ।

    राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नु भयो । उहाँले दुबै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताउनु भयो । राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाईंमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - १७:४५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology