हेटौडा । नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ। त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ। बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने एक नेताले जानकारी दिए। आजै सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षले अलग्गै कमिटी घोषणा गर्दै छ।
सर्वाेच्च अदालतको फैसलाले एमालेलाई पहिलेकै अवस्थामा फर्काइदिए पनि अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म अलग (समानान्तर) कमिटी बनाउने अभियान थालेको हो।