खानीखोला । धादिङको धुनिबेशी नग्रपालिकाको सबै वडाहरुको फोहोर सँकलन गरि सिसडोलमा विर्सजन गरिने अभियानको बिहिबार शुभारम्भ हुँदै छ । स्वच्छ सफा नगरपालिका बनाउने उदेश्यले बिहिबार विहान ७ बजे नौबिसे बजारबाट यो अभियानको शुभारम्भ गरिन लागिएको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनुभयो ।
नगरपालिकाले यस अभियानमा सहभागी हुन सम्पुर्ण सरोकारवाला निकायलाई अनुरोध गरेको छ । यसअघि नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न नसकेको भन्दै स्थानियले गुनासो गरेका थिए ।
हेर्नुहोस् नगरपालिकाद्धारा जारी सुचना
