आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एक महिलाले एकसाथ ९ बच्चालाई दिईन् जन्म

एक महिलाले एकसाथ ९ बच्चालाई दिईन् जन्म

नागरिक पाटी

२२, बैशाख २०७८
  • 6.7K
    SHARES
  • एक महिलाले एकसाथ ९ बच्चालाई दिईन् जन्म

    एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌। २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌।

    images

    उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।

    पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्‌। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ।

    अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्‌।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - ०८:५९:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology