आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिका बासीहरुमा अनुरोध

गल्छी गाउँपालिका बासीहरुमा अनुरोध

नागरिक पाटी

२५, बैशाख २०७८
  • 10.9K
    SHARES
  • गल्छी गाउँपालिका बासीहरुमा अनुरोध

    अहिले आएको दोस्रो भेरियन्ट सहितको कोभिड–१९ को लहर भयानक डरलाग्दो देखिएकोले जिल्ला प्रशासन कार्यालय, धादिङले बैशाख २१ गते देखि ३१ गतेसम्म जिल्ला भर निशेधाज्ञा जारी गरेको जानकारी अवगत नै छ । यस समयमा रुघा, खोकी लाग्ने र पि.सि.आर. गर्दा दिनहुं धेरै जनामा पोजिटिभ देखापरेकोले सबै जनाले स्वास्थ्य मापदण्ड अपनाऔ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाको पालना गरौं ।

    images

    यो समयावधिमा घर भित्रै बसौं, अत्यावश्यक काममा मात्रै बाहिर निस्कने बानी बसालौ । अहिलेको समयमा यस दोस्रो भेरियन्ट सहितको कोभिड–१९ को कारण दिनप्रतिदिन संक्रमण बढ्दै गइरहेको र मृत्यु हुनेको संख्या पनि बढिरहेकोले आफ्नो तर्फबाट कुनैपनि हेलचेक्राइ नगर्नहुन अनुरोध गर्दछौ । यस महामारीबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ, यसको लागि माक्स लगाऔ, बारम्बार स्यानिटाइजरले हात सफा राखौ र साबुन पानीले हात धुऔ । अहिले अस्पतालमा बिरामी राख्ने, भर्ना गर्ने ठाउँ छैन ।

    यदि कोभिड–१९ पोजिटिभ देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्नुहोला । यदि कोही संक्रमितलाई स्वासप्रस्वासमा कठिनाइ आएमा र अक्सिजनको आवश्यक परेमा गल्छी गाउँपालिका वडा नं. ७को डल्टारको नमुना बागेश्वरी क्याम्पसको भवनमा आवश्यक सामान तथा उपकरण सहित आइसोलेसन हाउस तयार गरिएको छ, त्यहाँ गई उपचार गर्नुहुन अनुरोध गरिन्छ । साथै विदेशबाट आउने सबै मानिसहरुलाइ अनिवार्य रुपमा २ हप्ता होम आइसोलेसनमा बस्न/बसाउन आग्रह गर्दछौ ।

    अहिले प्रत्येक स्थानीय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यव्यस्थीत बसोबासीको लगत संकलन भर्ने फारम भर्न भिडभाड नगर्नुहोला । जिल्लाले निषेधाज्ञा घोषणा गरे अनुसार बजारका खाद्यान्न, तरकारी, दुध डेरी जस्ता विभिन्न पसलहरुमा भिडभाड नगरी विहान ०६ः०० बजेबाट बिहान ०९ः०० बजेसम्म मात्र पसल खोल्न हुन सबै महानुभाव मित्रहरुमा अनुरोध गर्दछु । गल्छी गाउँपालिकामा पनि केही कर्मचारीलाई कोभिड–१९को संक्रमण पुष्टि भैसकेको हुँदा पालिकामा धेरै भिडभाड नगरिकन कामकाज गर्नुहुन र साथै बैंक तथा वित्तिय संस्थाहरुमा पनि भिडभाड नगरिदिनुहुन अनुरोध छ । 

    कृष्णहरि श्रेष्ठ
    अध्यक्ष, गल्छी गाउँपालिका 

    यो पनि हेर्नुहोस् ।

    कर्मचारीमा कोरोना सँक्रमण देखिएपछि गल्छी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १३:१०:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology