आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

नागरिक पाटी

१२, जेठ २०७८
  • 6.6K
    SHARES
  • चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    images

    नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोग अन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् ।

    राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा नेपाललाई खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:१३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology