आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ समाज जापानद्धारा जिल्लाका ६ स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

धादिङ समाज जापानद्धारा जिल्लाका ६ स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

नागरिक पाटी

१७, जेठ २०७८
  • 10.6K
    SHARES
  • धादिङ समाज जापानद्धारा जिल्लाका ६ स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

    राजेश्वर बस्नेत

    images

    टोकियो । धादिङ समाज जापानले कोरोना प्रभावित धादिङ को ६वटा स्थानीय निकाय का आइसोलेसन सेन्टर लाई पहिलो चरणको स्वास्थ्य सामाग्री हस्तान्तण कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य सामाग्री हस्तान्तरण को पहिलो चरण मा जिल्लाको धुनिबेसी नगरपालीका थाक्रे, त्रिपुराशुन्दरी, गंगाजमुना, शिद्धलेक, नेत्राबती डबजोङ गाउँपालीकाकोआइसोलेसन सेन्टरका लागी प्रत्येक आइसोलेसन सेन्टरमा अक्सीजन कन्सन्ट्रेटर २ थान, डिजीटल थर्मोमिटर १० पिस नेबुलाईजर १०पीस, अक्सीमिटर ५ पिस, सर्जिकल पञ्जा २००पीस, एन ९५ मास्क १०० पीस, सर्जिकल मास्क ४०० पीस गरी नेपाली रुपैंया लगभग ९ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो।

    स्वास्थ सामाग्री हस्तान्तरण अभियानका लागी समाजका अध्यक्ष दिनेश लोहनीको संयोजकत्वमा १० सदस्यीय आर्थिक संकलन समीती गठन गरी १० दिने अभियान संचालन गरिएको थियो। अभियान मार्फत समाज लाई १६०जना भन्दा बढी सहयोगीहरुबाट रकम संकलन गर्न सफल भएको थियो । संकलित रकम र समाजको आन्तरीक कोष गरी समाजले दश लाख रकम बराबरको कोरोना प्रभावित सहयोग कोष खडा गर्न सफल भएको जनाईएको छ ।

    pp.jpg

    हाल प्रभावित ६ वटा आइसोलेसन सेन्टरमा सामाग्री हस्तान्तरण गरिएको र बाँकी ६ वटा आइसोलेसन सेन्टरमा केही दिनभित्र अन्तराष्ट्रीय धादीङ समाज सँगको सहकार्यमा अर्को चरणको स्वास्थ सामाग्री हस्तान्तरण गर्ने उद्धेश्य रहेको अध्यक्ष दिनेश लोहनीले जानकारी दिनुभयो।

    हस्तान्तरण कार्यक्रम मार्फत अध्यक्ष लोहनीले सहयोग गर्ने सम्पुर्णमा धन्यवादद दिँदै आगमी दिनमा पनि सबै संग सहकार्य गरेर अगाडी बढ्ने र हस्तान्तरण गरिएको सामाग्रीको उचित प्रयोग गर्न अनुरोध गर्नुभयो। स्वास्थ सामाग्री धादिङ समाजका संरक्षक तेज अर्याल, अन्तराष्ट्रीय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्याल साथै महासचीब प्रमोद भट्टको उपस्थितीमा पालिका प्रतिनिधी हरुलाई सदरमुकाम धादीङबेशीमा हस्तान्तरण गरिएको थियो।

    समाजले अर्को चरणको स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएपछी सहयोग प्राप्त रकम र सामान गरीद गर्दा लागेको सम्पुर्ण खर्च बिबरण आफ्नो आधिकारिक सामाजीक संजालबाट सार्वजनिक गर्ने जानकारी गराएको छ ।

    धादिङ स्थाई ठेगाना भई जापान बसोबास गर्दै आउनु भएका धादिङ बासीको साझा समाज धादीङ जापान को स्थापना सन् २०१३ भएको हो । समाजले जिल्लामा विभिन्न सामाजीक कार्यमा आफ्नो सक्रिय सहभागिता देखाउँदै आएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १८:४७:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology