आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वा ! मेरा साथीहरु...

वा ! मेरा साथीहरु...

  • 13.2K
    SHARES
  • वा ! मेरा साथीहरु...

    ✍️राजेन्द्र रुपाखेती

    images

    वा ! मेरा साथीहरु......

    साथीहरु तेर्साे भर्याङ राखेर, उकालाे चढ्छु भन्छन्।
    समथर जमिनमा पनि सिढि खन्छु भन्छन्,

    प्लस (+) चिन्ह अलिकति बङगाएर गुणन गर्छु भन्छन् ,
    पछाडिबाट धकेल तँ, म अगाडि बढ्छु भन्छन् ,

    साथीहरु तँ क्यालकुलेटर थिच,म हिसाव गर्छु भन्छन्,
    काराेवार तँ गर खाता म भर्छु भन्छन्,

    साथीहरु, तँ बुद्धि दे म तर्क गर्छु भन्छन्,
    अलिकति नगद दे तेतिनै खर्च गर्छु भन्छन्,

    साथीहरु त मर् तेराे लागि हामी मरुँला भन्छन्,
    चिन्ता नगर ढालेकाे रुख चढुँला भन्छन्,

    साथीहरु तेराे पेट भरुँला भन्छन्,
    आफु टन्न अघार मेरै घरमा सरुँला भन्छन्,

    साथीहरु दुखमा साथ दिउँला भन्छन्,
    फाटेकाे मन च्याति च्याति सिउँला भन्छन्,

    साथीहरु सगैसगै पिउँला भन्छन,
    प्यास मेटिएपछी तेरा लागी दिउँला भन्छन्,

    साथीहरु हासीखुसी जिउँला भन्छन्,
    खुसी सनुसमा राखी, बाकस भरी पिडा दिउँला भन्छन,
    साथीहरु फाटेको मन च्याति च्याती सिउँला भन्छन...

    यो पनि : मास्क महात्मे...

    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - ११:१९:५७ बजे

    राजेन्द्र रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology