✍️राजेन्द्र रुपाखेती
न लाजले छोपेको हो मुख,
न गन्धले ढाकेको हो नाक,
न कुरुपता लुकाएको हो,
न सुग्घरता बचाएको हो,
न रहर भित्रको मोह
न शहर भित्रको फोहोर
न छिपाएको हो चोर
न लुकाएको हो मोहोर
न लाजले ढाकेको हो श्वर,
न श्वासले मानेको हो बोर,
आवश्यक पारिदियो परिस्थिति ले खास,
हामी सवैको साझा दायित्व भएको छ मास्क
न लिपिष्टिकले आफ्नो स्वरुप देखाउन पाएको छ,
न जुँगाले सान देखाउन,
कागजको कोक्रो बाध्यता को बोक्रो, भरिसक्यो थोक्रो
कति दिन अनुहार को अर्धपर्दा बनेर स्वामित्व पुर्ण डेरा जमाउछस् हे मास्क !
न त किनेको हिसाव हुन्छ, न त गुमाएको शोक छ,
घर भरि झुन्डिएको छ,
गोजी खालि भएर पनि तलाई भर्नु परेको छ,
बाटो भरि साथी भए पनि तेरो साथ लाई महत्वपूर्ण ठान्नु परेको,
अजिवको छ सम्वन्ध तँ सँग,
मान्छे धेरै हुँदा तेरो साथ चाहिएको छ, एक्लै हुँदा तेरो साथ आवश्यकता छैन,
तैपनि महसुस भाछ, श्वास र आसको,
केन्द्रविन्दु नै तैँ होस्
भरोसा र सुरक्षाको मध्यबिन्दु नै त्यही होस्
कोरोना अन्त्यको अन्तिम बिन्दु नै तैँ होस्,
हे माक्स तँलाई फालेर मेरो सुरक्षाको घुम्टो उतार्ने दिनको प्रतिक्षामा अचेल पल बित्दैछ,
तँ सँगको साईनो टुटाएर मैले स्वतन्त्रता को स्वास फेर्ने आशामा जिन्दगीले तँ सँगै नयाँ खेल खेल्दैछ
बश यो खेलमा न तैँले हार्नु छ न मैले हार्नु हुन्छ , दुवैले जित्नु छ केवल हार्नु त कोभिडले छ ।।।