आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीवन विकास लघुवित्तको साधारण शेयरमा नयाँ रेकर्ड

जीवन विकास लघुवित्तको साधारण शेयरमा नयाँ रेकर्ड

नागरिक पाटी

१४, आषाढ २०७८
  • 5.8K
    SHARES
  • जीवन विकास लघुवित्तको साधारण शेयरमा नयाँ रेकर्ड

    काठमाण्डौँ । जीवन विकास लघुवित्तले नयाँ रेकर्ड कायम गर्ने भएको छ । निष्काशन सुरु भएको तीन दिनमा नै लघुवित्तको शेयरमा १८ लाख ४० हजार ३७ वटा आवेदन परेको छ । मंगलबार शेयर निष्काशन बन्द हुने लघुवित्तको शेयरमा अझै लाखौंको संख्यामा आवेदन पर्ने अनुमान छ ।

    images

    आइतबार साँझसम्ममा १५ लाख बढीले आवेदन गरेकोमा सोमबार मात्र झण्डै साढे ३ लाख आवेदक थपिएका हुन् । सोमबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार आवेदकले लघुवित्तको २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर माग गरेका छन् ।

    लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरमा १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ । लघुवित्तको शेयर असार १५ गतेसम्म निष्काशन हुनेछ । मेरो शेयरका साथै आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट लघुवित्तको शेयरमा आवेदन दिन सकिन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:४३:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology