खाए आम कपुतले तिम्रो हाड छाला
अब लाउन बाँकी नै छ कंकालको माला
सबैतिर दोहन गरे पैसा पेसा भनी
होड चल्या सधैँ यहाँ आफैँ बन्ने धनी
खाली हात आयौँ यहाँ, खाली नै छ जानु
किन यस्तो लोभ बढ्यो के छ साथमा लानु
ढुंगा सके, रुख सके मासे मूलपानी
प्राकृतिको माया हट्यो अब कता जाने ?
धुँवा धुलो दुर्गन्धले सताइ सक्यो सारा
प्राकृतिक दहन हुँदा भयो हाहाकार
✍️ हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक