आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डिम्याट खाता सञ्चालकका लागि नयाँ सफ्टवेयर

डिम्याट खाता सञ्चालकका लागि नयाँ सफ्टवेयर

नागरिक पाटी

११, श्रावण २०७८
  • 8.1K
    SHARES
  • डिम्याट खाता सञ्चालकका लागि नयाँ सफ्टवेयर

    काठमाडौं । डिम्याट खाता सञ्चालकका लागि चाँडै नै नयाँ सफ्टवेयर आउने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यो सफ्टवेयर प्रयोगमा आएसँगै शेयर लगानीकर्ताहरू केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने र लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सजिलो हुनेछ ।

    images

    सफ्टवेयर डेभलप गर्न ११ कम्पनीले आवेदन दिएकामा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईसीओ प्रालि र रेडियन्ट इन्फोटेक नेपाल गरी तीन कम्पनी शर्टलिस्टमा परेका छन् । यी कम्पनीहरूको प्रस्ताव मूल्यांकन भइरहेको सीडीएससीले जनाएको छ ।

    शर्ट लिस्टमा परेका तीन कम्पनीमध्ये एकलाई छनोट गरी सफ्टवेयर विकासको जिम्मा दिने र कम्तिमा ६ महिनाभित्र सफ्टवेयर लागू गर्ने योजना रहेको सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १७:२३:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology