आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा, सरकारद्धारा कार्यदल गठन

अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा, सरकारद्धारा कार्यदल गठन

नागरिक पाटी

३२, श्रावण २०७८
  • 4.9K
    SHARES
  • अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा, सरकारद्धारा कार्यदल गठन

    अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । उनीहरुले दूतावास र नियोगभित्र सुरक्षित भए पनि बाहिरको अवस्था डरलाग्दो भएको बताएका छन् ।ग्रिन जोन र रेड जोन क्षेत्र तोकिए पनि अरु नागरिकजस्तै नेपालीहरु पनि असुरक्षित रहेका त्यहाँ कार्यरत दाङका मेघराज भट्टराईले बताउनुभयो ।

    images

    अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली युनियन, राष्ट्रसङ्घ, क्यानेडियन दूतावास, विश्व बैंक, बेलायती दूतावास, युरोपियन पुलिस, बरोन होटल, ग्रिन भिलेज लगायतमा नेपालीहरु कार्यरत छन् ।छिमेकी भारतसहित अरु देशले आफ्ना नागरिक फर्काउन थालेका छन् । दूतावासको सुरक्षामा खटिएका नेपालीहरु तिनै दूतावासले उद्धार गर्ने आशामा बसेको एक नेपालीले बताएका छन ।

    यसैबीच सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०८:३६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology