आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

नागरिक पाटी

३२, श्रावण २०७८
  • 4.4K
    SHARES
  • अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

    काठमाण्डौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई शिघ्र उद्धार गर्ने निर्णय गरेको छ। सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

    images

    उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने।’

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुलाई तत्काल कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १४:१५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology