आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश आइपुगे

नागरिक पाटी

२, भाद्र २०७८
  • 5.2K
    SHARES
  • अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश आइपुगे

    काठमाण्डौं । अफगानिस्तानबाट थप ७२ नेपाली आज बिहान स्वदेश आइपुगेका छन् । उनीहरू आज बिहान ९ बजेर १५ मिनेटमा कतार एयरवेजको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

    images

    अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरूलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

    यसअघि मंगलवार दुई लटमा नेपालीहरु काठमाडौं आइपुगेका थिए। जजिरा एअरवेजबाट हिजो पहिले ११८ जना र दोस्रो लटमा ८७ जना नेपाली आइपुगेका हुन्।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १२:४५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology