आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उप संयोजकमा भिम केसी कमलको उम्मेदवारीले ल्याएको चर्चा

उप संयोजकमा भिम केसी कमलको उम्मेदवारीले ल्याएको चर्चा

नागरिक पाटी

९, भाद्र २०७८
  • 16.2K
    SHARES
  • उप संयोजकमा भिम केसी कमलको उम्मेदवारीले ल्याएको चर्चा

    बिशेष गरेर यूरोपमा रहने प्रबासी नेपालीहरू माँझ भिम केसी कमलले आफ्नै पहिचान बनाएका छन । लामो समयदेखी यूरोपको पोर्चुगललाई कर्मक्षेत्र बनाएका भिम सामाजिक अभियन्ता हुन भने प्रबासी नेपालीहरूका लागि सहयोगी र मनकारी प्रबासी नेपाली हुन ।

    images

    प्रवासमा रहेर पनि प्रबासी नेपाली, नेपाल र नेपालमा रहेका नेपालीहरूलाई साथ र सहयोग गर्दै आएका भिमले यसपटक गैर आबासीय नेपाली संघको केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट २०२१-२०२३ का लागि युरोप उप संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    गैह् आबासीय नेपाली संघका लागि उनि नयां र नौलो ब्यक्ति होइनन् । भिम यो सस्थासंग बितेको डेढ दशकदेखी हातेमालो गर्दै साथमा साथ र कांधमा कांध मिलाएर अगाडि बढेका सामाजिक अभियन्ता हुन । उनले यसअघि एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका छन ‘ यस्ता अनुभवी र मनकारी अनि समाजका लागि केही गरौं भन्ने सोचका उमेदवारलाई जिताउंनु पर्छ‘ यूरोपमा रहनु हुने नेपालीहरूको भनाई छ ।

    युरोपमा रहेका प्रबासी नेपालीहरूको हक -हितका लागि मात्र होइन कि उनिहरूको आबाजलाई स्थानिय सरकारसम्म पुर्याएर परिणाम निकाल्ने मामिलामा केसीले खेलेको भूमिकाको आज पनि पोर्चुगल र यूरोपका नेपालीहरूले बिर्सिएका छैनन् । नेपालीले पाएको दुख अनि उनिहरूले पाउंनु पर्ने हकका लागि कानुनी रूपमा आबाज बुलन्द पार्न सक्ने केसीको क्षमता, दक्षता र शाहसको तारिफ गर्ने पर्छ ।

    पोर्चुगलमा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय सन्चालन गर्दै आएका केसी बाग्लुगंमा जन्मिएका हुन भने नेपाल रहंदा शिक्षण जस्तो गरिमामय पेशामा आबद्द थिए । बिगतमा नै सम्मानित पेशा अपनाएका कारण पनि केसी पोर्चुगल र यूरोपमा भद्र,शालिन र सभ्य प्रबासी सामाजिक अभियानमा दत्तचित्त भएर लाग्ने नेपालीका रूपमा चिनिन्छन ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १०:१०:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology