आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना

इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना

नागरिक पाटी

११, भाद्र २०७८
  • 6.5K
    SHARES
  • इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना

    आज २७ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

    images

    मोल्डोभाको स्वतन्त्रता

    सन् १९९१ मा पूर्वी युरोपेली मुलुक मोलडोभाले स्वतन्त्रता पाएको थियो । सन् १९४० को अगस्ट २ सम्म मोलडोभा सोभियत युनियनको एउटा अंश थियो । सन् १९९१ मा सोभियत राज्यको विघटनपछि मोल्डोभाले पनि आफ्नो स्वतन्त्रता पाएको थियो ।

    मंगल र पृथ्वीको भेट

    सन् २००३ को अगस्ट २७ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो । ५७ हजार ६ सय १७ बिसीपछि मंगलग्रह बुधको नजिक पुगेको हो । अब सन् २२८७ मा यी दुई ग्रह सबैभन्दा नजिक देखिन्छ ।

    नाइजेरियामा सैन्य कू

    १९८५ मा नाइजेरियाको सेनाले सैनिक कू गरी त्यहाँको सरकारलाई अपदस्थ गरेको थियो । एउटा रक्तपातविहीन कूमा जनरल इब्राहिम बदामासी बाबाङगिदाले मुहम्द बुहारीलाई हटाएर सरकारको नेतृत्व गरेका थिए ।

    १३ सय टनको व्याट्री

    सन् २००३ को २७ अगस्टमा संसारकै सबैभन्दा ठूलो ब्याट्री चार्ज गरिएको थियो । २ हजार वर्गमिटर लामो सो ब्याट्रीको तौल १३ सय टन थियो । अलस्काका मानिसलाई ७ मिनेट आपतकालीन विद्युत आपूर्तिका लागि सो ब्याट्री खडा गरिएको थियो ।

    अन्तरीक्षमा म्यारिनर २ को यात्रा

    अन्तरीक्षको अनुसन्धान गर्न आजकै दिन नासाले म्यारिनर २ नामक यान अन्तरीक्षमा पठाएको थियो । सो यान डिसेम्बर १४ १९६२ मा बुधग्रहमा पुगेको थियो । यानले नासाका वैज्ञानिकलाई सन् १९६३ को जनवरी ३ सम्म महत्वपूर्ण सूचना दिएको थियो । (न्युज कारखाना)

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०७:१६:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology