शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गनजिक दिनैजसो पहिरो

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गनजिक दिनैजसो पहिरो

नागरिक पाटी

१६, भाद्र २०७८
  • 4.9K
    SHARES
  • नागढुंगा–सिस्नेखोला सुरुङ मार्गनजिक दिनैजसो पहिरो

    नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाको धादिङतर्फको प्रवेशद्वार धुनीबेंसी–९ मा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ । सिस्नेखोलास्थित खत्रीपौवा डाँडोबाट लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । झरिसकेको पहिरोलाई पालले छोपिएको भए पनि माथिबाट लेदो खसिरहेको छ ।

    images
    images

    गत असारयता पानी पर्नासाथ यो खण्डमा पहिरो झर्ने गरेको धुनीबेंसी–९ का वडाध्यक्ष साइँला राईले बताए । पहिरोका कारण १२ घर जोखिममा छन् । तीमध्ये ६ घरलाई आयोजनाले कोठा भाडा बेहोरेर छुट्टै राखिदिएको छ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकअन्तर्गत यो खण्ड भएर दिनहुँ ६ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । काठमाडौं प्रवेश गर्ने नाका भएकाले पहिरो झरेपछि सवारी जाम पनि उत्तिकै हुने गरेको छ ।

    गाउँबस्ती नै जोखिममा पर्ने खतरा भएपछि केही समयअघि धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सांसद, जनप्रतिनिधिलगायतको टोलीले पहिरोको अनुगमन गरी तत्काल संरक्षण गर्न पहल गर्ने निर्णय गरेको थियो ।

    ४२ महिनामा सक्नुपर्ने सुरुङको निर्माण थालेको २२ महिना भयो । निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको छ । अहिलेसम्म धादिङ र काठमाडौं दुवैतर्फ गरेर १२ सय ५० मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति २० प्रतिशत पुगेको छ । ६ सय कामदार निर्माणस्थलमा खटिएका छन् । २.६८ किलोमिटर दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - ०८:०५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology