आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अफगानिस्तानबाट थप ३२ जना नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट थप ३२ जना नेपाली स्वदेश आइपुगे

नागरिक पाटी

२४, भाद्र २०७८
  • 8.3K
    SHARES
  • अफगानिस्तानबाट थप ३२ जना नेपाली स्वदेश आइपुगे

                                                      फाइल तस्बिर

    images

    अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ । हिजो कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् ।
    हालसम्म ८९५ जना नेपाली काठमाडौँ आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    काठमाडौँ आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - ०६:०७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology