आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतीयलाई नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

भारतीयलाई नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

नागरिक पाटी

१४, कार्तिक २०७८
  • 6.5K
    SHARES
  • भारतीयलाई नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

    अन्तर्राष्ट्रिय सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकले अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने भएको छ । परिचयपत्रबिनाका विदेशी अवैध प्रवेश गर्न थालेपछि त्यसलाई रोक्न भारतीयले परिचयपत्र बोक्नुपर्ने व्यवस्था गरेको हो ।

    images

    तेस्रो देशका नागरिक दक्षिणका सीमानाकाबाट गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न थालेपछि सरकारले भारतीय नागरिकको सहज पहिचानका लागि आवागमनमा परिचयपत्र अनिवार्य गरेको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार सीमानाका व्यवस्थापन र सीमा अपराध रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएर केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागका अधिकारीले भारतीयको भेषमा तेस्रो देशका नागरिक घुसपैठ गरी नेपाल भित्रिने गरेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्न गृहमन्त्री खाँणलाई सुझाव दिएका थिए । त्यसको भोलिपल्ट शनिबार गृहमन्त्री खाँणले भारतीय नागरिक नेपाल प्रवेश गर्दा साथमा परिचयपत्र बोक्नुपर्ने प्रावधानसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ । फाइल तस्बिर ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०८:०५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology