आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

नागरिक पाटी

१६, कार्तिक २०७८
  • 4.6K
    SHARES
  • प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मङ्गलवार भेटवार्ता भएको छ । स्कटल्यान्डको ग्लास्गोमा उहाँहरूबीच आज औपचारिक भेटवार्ता भएको हो ।

    images

    भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो ।
    जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरूसँग अनौपचारिक भेटघाट गर्नुभएको थियो ।

    हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेन्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १६:५५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology