आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

नागरिक पाटी

१७, कार्तिक २०७८
  • 8.3K
    SHARES
  • नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

    विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका लागि महत्त्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ ।

    images

    जलवायु सम्मेलन कोप–२६ मा भएको महत्त्वपूर्ण सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापना लागि थप वित्तीय लगानीको वाचा समेत गरिएको छ । वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९ दशमलव २ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुनेछ ।

    केही रकम वन क्षेत्र पुरानो अवस्थामा फर्काउन, डढेलो न्यूनीकरण गर्न र स्थानीय आदिवासी समुदायलाई सघाउनका लागि खर्च गरिनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सम्मेलनमा सम्बोधन गर्दै पृथ्वीमा रहेको वन जोगाउन महत्त्वपूर्ण सहमति भएको बताउनुभयो ।

    स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु सम्मेलन कोप–२६ मा अमेरिका, युरोपियन युनियन, बेलायतलगायत विश्वका ८० भन्दा धेरै देशले सन् २०३० भित्रमा मिथेन ग्याँसको उत्सर्जनलाई ३० प्रतिशत कटौती गर्ने प्रतिज्ञामा समेत हस्ताक्षर गरेका छन्

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १०:००:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology