आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको कोरोना खोप हस्तान्तरण

चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको कोरोना खोप हस्तान्तरण

नागरिक पाटी

२२, कार्तिक २०७८
  • 5.0K
    SHARES
  • चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको कोरोना खोप हस्तान्तरण

    चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

    images

    चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभयो । जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभयो । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवम् प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा खट्ने सेनापति शर्माको भनाइ छ । यस्तै यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो हुने नेपाली सेनाको विश्वास रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - १४:३२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology