आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरियन भाषा परीक्षा पुस १ देखि हुने

कोरियन भाषा परीक्षा पुस १ देखि हुने

नागरिक पाटी

२९, कार्तिक २०७८
  • 14.2K
    SHARES
  • कोरियन भाषा परीक्षा पुस १ देखि हुने

    सन् २०२१ को कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षा पुस १ देखि हुने जानकारी दिएको छ ।

    images


    परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरुलाई लैजानेछ ।

    भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

    परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ ।

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - १३:४०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology