धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अंकले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।