आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाली टोली मानवीय सहायता सामग्री बोकेर अफगानिस्तान प्रस्थान

नेपाली टोली मानवीय सहायता सामग्री बोकेर अफगानिस्तान प्रस्थान

नागरिक पाटी

२, माघ २०७८
  • 6.7K
    SHARES
  • नेपाली टोली मानवीय सहायता सामग्री बोकेर अफगानिस्तान प्रस्थान

    नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो ।

    images

    मन्त्रालयको कर्मचारी सँग सँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा। नारायण खड्काले बताए । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए ।

    उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको भन्दै मन्त्री खड्काले निजी क्षेत्रलाई धन्यवाद दिए । साथै, राहत ढुवानीका लागि निजी क्षेत्रकै हवाई हिमालयन एयरलाइन्सले निःशुल्क जहाज उपलब्ध गराएको समेत मन्त्री खड्काको भनाइ छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७८ आइतवार - ०९:०१:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology