आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पोजेटिभ भयो रे !

पोजेटिभ भयो रे !

  • 8.4K
    SHARES
  • पोजेटिभ भयो रे !

    उसको सोचमा
    सिर्जनशिलता, व्यबहारमा शुद्दता आयो रे
    उसको मनमा मानवियता, मस्तिकमा विद्वता छायो रे
    ओहो उ पोजेटिभ भयो रे !

    images

    उसको सोच्ने तरिका र
    बोल्ने लवज फेरियो रे,
    उसको हेर्ने दृष्टिकोण र व्याख्यान बिधि फेरियो रे
    ओहो उ पोजेटिभ भयो रे !

    कालो लाई रातो देख्ने उसको आखाँ फेरियो रे
    असललाई खराव भन्ने उसको भाका फेरियो रे
    ओहो उ पोजेटिभ भयो रे !

    दम्भ र घमण्ड उसको सबै तोडियो रे
    लोभ र स्वार्थ सवै छोडियो रे
    ओेहो उ पोजेटिभ भयो रे !

    उसले फुललाई लात्ती हान्ने कर्म छोड्यो रे
    अरुको दुखमा आरती गर्ने धर्म फेरो रे 
    ओहो उ पोजेटिभ भयो रे !

    उसमा आफैँ मात्रै बिद्वान देख्ने भ्रम हट्यो रे 
    विकृतिको खेती गर्ने श्रम घट्यो रे
    ओेहो उ पोजिटिभ भयो रे !

    उ शिक्षा विनाको शिक्षक
    दिक्षा विनाको दार्शनिक बन्न छोड्यो रे
    उ भिक्षा विनाको पनि सहयोगी वन्न थाल्यो रे
    ओहो उ पोजेटिभ भयो रे !

    उसले नैतिकता विनाको राजनिती छोड्यो रे 
    उसले मानवियता विनाको पिरति छोड्यो रे 
    ओहो उ त पोजेटिभ भयो रे !

    उ अचेल भट्टिमा विकासको भिजन खोज्दैन रे 
    उसले गफ र आश्वासनमा समृद्धिको रेखा कोर्देन रे 
    ओहो उ पोजेटिभ भयो रे !

    उ आफु नबदलिई समाज बदल्न खोज्दैन रे 
    उ आफ्नो बारी नखनी अरुको खेदो खन्दैन रे 
    ओहो उ पोजेटिभ भयो रे !

    यि मेरा सपनाहरु निन्द्रामा सिमित भयो रे 
    सोच त उसको यथावतै नै थियो,
    पोजेटिभ त उसलाई कोरोना पो भयो रे !! 

    - थाक्रे १०, धादिङ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १०:४९:१९ बजे

    राजेन्द्र रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology