शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पशुपतिनाथ मन्दिरमा शिवरात्रिमा झण्डै १७ लाख भक्तजनद्धारा दर्शन

पशुपतिनाथ मन्दिरमा शिवरात्रिमा झण्डै १७ लाख भक्तजनद्धारा दर्शन

नागरिक पाटी

१८, फाल्गुण २०७८
  • 10.0K
    SHARES
  • पशुपतिनाथ मन्दिरमा शिवरात्रिमा झण्डै १७ लाख भक्तजनद्धारा दर्शन

    शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति बेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

    images
    images

    यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन् । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् । यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिनुभयो ।

    यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ । यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन् । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो ।

    यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ । भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएका छन् । झण्डै ५० हजार साधुसन्त आउने अनुमान् गरिएकोमा कोरोना महामारीका कारण संख्या घटेको हुनसक्ने कोषले जनाएको छ । साधुसन्तलाई वर्गीकरण गरि गुठीले दक्षिणासहित बिदाइ गर्ने र त्यसमा कोषले रकम थपेर सम्मानसहित बिदाइ गर्ने चलन छ । उज्यालोबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०८:३०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology