आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म्यादी प्रहरीका लागि दुई दिनमै ८३ हजारको आवेदन

म्यादी प्रहरीका लागि दुई दिनमै ८३ हजारको आवेदन

नागरिक पाटी

९, चैत्र २०७८
  • 7.0K
    SHARES
  • म्यादी प्रहरीका लागि दुई दिनमै ८३ हजारको आवेदन

    स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन दुई दिनमै ८३ हजार बढीले आवेदन दिएका छन् । चैत ६ गतेबाट देशैभरी एकसाथ म्यादी प्रहरीका लागि खोलिएको आवेदनमा २ दिनमा ८३ हजार ५ सय ९८ जनाले आवेदन दिएका हुन् । अझै थप ३ दिन आवेदन दिने समय बाँकी छ ।

    images

    आवेदन दिनेमा आइतबार ७ प्रदेश र उपत्यकाबाट ६ हजार ४ सय ९४ महिला र २३ हजार २ सय ९९ पुरुष गरी ३० हजार २ सय ९९ को दरखास्त परेकोमा सोमबार ११ हजार ९ सय ३२ महिला र ४१ हजार ३ सय ६७ पुरुष गरी ५३ हजार २ सय ९९ को आवेदन परेको हो ।

    आवेदन खुला गरिएको दुई दिनमै तोकिएको कोटा बराबरको दरखास्त परिसकेको छ । २०७९ वैशाख ३० मा ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यको एकसाथ एकै दिन निर्वाचन हुँदै छ ।

    १ लाख म्यादी प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर ४० दिनको कार्यअवधिमा पारिश्रमिक वापत एकमुष्ट ३० हजार २ सय ४०, पोसाकको ६ हजार, रासनभत्ताको एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चवापत प्रतिव्यक्ति एक हजार पाउने छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ११:१५:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology