आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छाप्ने तयारी

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छाप्ने तयारी

नागरिक पाटी

११, चैत्र २०७८
  • 5.2K
    SHARES
  • स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छाप्ने तयारी

    निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए।

    images

    “आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता संख्याको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ”, उनले भने, “विभिन्न जोखिम मध्यनजर गरेर मतदाताको संख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो। आयोगले करिब दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।” मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

    आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेश गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण छानबिनको काम भइरहेको जनाएको छ ।

    आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेश गर्न अनुरोध गरेको थियो । “जिल्लाबाट दलको सङ्गठन संरचनासहितको विवरण प्राप्त भएको छ, आयोगले अध्ययन गरिरहेको छ”, सहप्रवक्ता अर्यालले भने ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ०७:०४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology