आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजनीतिक दलहरुलाई चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोग आग्रह

राजनीतिक दलहरुलाई चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोग आग्रह

नागरिक पाटी

१, बैशाख २०७९
  • 6.0K
    SHARES
  • राजनीतिक दलहरुलाई चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोग आग्रह

    निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुगेका वेला राजनीतिक दलका नेता तथा कार्यकर्ताले नै निर्वाचनको विषयमा संशय हुने अभिव्यक्ति दिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो।

    images

    “निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैमा आग्रह गर्दछ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    आयोगले ३९ जिल्लालाई आवश्यक पर्ने ३० लाख ३३ हजार मतपत्र पछाई सम्पन्न भइसकेको जनाएको छ। आगामी निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने भएको छ। दैनिक आठ लाख मतपत्र छपाई भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।

    निर्वाचन खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:४१:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology