आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

नागरिक पाटी

३, बैशाख २०७९
  • 5.5K
    SHARES
  • तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिएका छन ।

    images

    शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन ।

    कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उनको भनाइ छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरेका छन ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - १२:४३:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology