नेकपा माओबादी केन्द्र धुनिबेशी नगरपालिका कमिटिले प्रमुखमा बासुदेब बास्कोटालाई सर्वसम्मतिमा सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्र धुनिबेशी नगरकमिटीको बैठकले बास्कोटालाई प्रमुखमा सर्वसम्मत चयन गरेको हो ।
माओवादी केन्द्रले धुनिवेशीमा गठबन्धन हुँदा पनि मेयरको दाबी नछोड्ने बताएको छ । यदि गठबन्धनमा भागबण्डा गर्दा मेयर पद अर्को कुनै पार्टीको हुने देखिए उपमेयर नछोड्ने र उपमेयरमा बास्कोटालाई नै अघि बढाउने पनि निर्णय भएको जनाईएको छ ।
बास्कोटा नेकपा माओबादी केन्द्र बागमती प्रदेशको वैकल्पिक सदस्य तथा धुनिबेशी नगर इन्चार्ज समेत छन्।