आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य र ६ सय ७६ निर्वाचन अधिकृत खटाइयो

निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य र ६ सय ७६ निर्वाचन अधिकृत खटाइयो

नागरिक पाटी

४, बैशाख २०७९
  • 8.0K
    SHARES
  • निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य र ६ सय ७६ निर्वाचन अधिकृत खटाइयो

    स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ।

    images

    आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको छ।

    आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ। अब वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन्। अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - ११:४७:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology