सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याएको छ। गठबन्धनमा भएको सहमतिअनुसार आफूले पाएको सिटका लागि एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाएको हो।
पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष हुन्।
त्यस्तै, काठमाडौं महागरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको एक पदाधिकारीले बताए। श्रेष्ठ पार्टी निकट युवा संघका नेता हुन्।
हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ। लामा हालकी उपमेयर हुन्।
इटहरी उपमहानगरपालिकाको उपमेयर केशव विष्टलाई बनाउने निर्णय भएको। बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए। गुरुङ एकीकृत समाजवादीका बुटवल नगर कमिटी अध्यक्ष हुन्। दाङको तुल्सीपुरमा उपमेयरको उम्मेदवारको विषयलाई भने सहमति जुट्न सकेको छैन।
महानगर
पोखरा (प्रमुख): धनराज आचार्य
काठमाडौ (उपप्रमुख): रामेश्वर श्रेष्ठ
उपमहानगर
हेटौँडा (प्रमुख): मिना लामा
इटहरी (उपप्रमुख): केशव विष्ट
वुटवल (उपप्रमुख): चीनबहादुर गुरुङ