आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमाले धादिङद्धारा प्रचार डेस्कको स्थापना

एमाले धादिङद्धारा प्रचार डेस्कको स्थापना

नागरिक पाटी

१०, बैशाख २०७९
  • 8.0K
    SHARES
  • एमाले धादिङद्धारा प्रचार डेस्कको स्थापना

    धादिङ । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन नेकपा एमाले धादिङको प्रचार डेस्क स्थापना भएको छ ।

    images

    नेकपा एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको प्रचार डेस्कको बैशाख १० गते शनिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्धारा संयुक्त रुपमा उद्घाटन भएको छ ।

    जिल्लाको १३ वटै स्थानिय तहको पार्टी चुनावी अभियानलाई प्रचार गर्न डेस्कको स्थापना गरिएको हो । डेस्कमार्फत सौर्य इ–बुलेटिनको प्रकाशन हुने भएको छ । बुलेटिन विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई इ–मेल मार्फत उपलब्ध गराइने विभागले जनाएको छ ।

    पार्टीको प्रचार अभियानलाई व्यवस्थितगर्न र पार्टीको स्थानिय गतिविधि संकलनका लागि विभागले जिल्लाको १३ वटै स्थानिय तहमा प्रतिनीधि खटाइएको प्रचार विभागको उपप्रमुख गायत्री खतिवडाले बताउनु भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १७:२३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology