नेकपा एमालेले नुवाकोटको विदुर नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ। नेकपा एमालेले जिल्ला कमिटी नुवाकोटले सिफारिस गरेको आधारमा विदुरको मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पण्डित र पौडेल दुबै नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका सदस्य हुन ।
पण्डित २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विदुर नगरपालिकामा मेयरमा विजयी भएका थिए । समाजसेवा समेत सक्रिय पौडेल पनि पार्टी र अखिल नेपाल महिला संघमा क्रियाशिल नेतृ हुन ।