आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विवेकशील साझाबाट विराटनगर मेयरमा कर्ण, भरतपुरमा काफ्ले र सापकोटा मेयर तथा उपमेयरको उम्मेदवार

विवेकशील साझाबाट विराटनगर मेयरमा कर्ण, भरतपुरमा काफ्ले र सापकोटा मेयर तथा उपमेयरको उम्मेदवार

नागरिक पाटी

११, बैशाख २०७९
  • 7.0K
    SHARES
  • विवेकशील साझाबाट विराटनगर मेयरमा कर्ण, भरतपुरमा काफ्ले र सापकोटा मेयर तथा उपमेयरको उम्मेदवार

    विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो।

    images

    विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्।

    कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुद सम्बद्ध सङ्घसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्। उनले बिबिए अध्ययन पुरा गरेका छन्।

    भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन्। उनी "तातो भात अभियान" का योजनाकार मध्येका एक हुन्, जुन अभियान अन्तर्गत भरतपुरमा कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरूलाई २८ दिनसम्म निरन्तर निस्शुल्क खाना खुवाइएको थियो।

    त्यसै गरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन्। उनले स्वास्थ्य तथा जनसङ्ख्यामा स्नातकोत्तर गरेकी छन्।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १४:३०:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology