आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमाले सिद्धलेकले दियो उम्मेदवारीः अध्यक्षमा प्रेमनाथ र उपाध्यक्षमा कमला

एमाले सिद्धलेकले दियो उम्मेदवारीः अध्यक्षमा प्रेमनाथ र उपाध्यक्षमा कमला

नागरिक पाटी

११, बैशाख २०७९
  • 8.1K
    SHARES
  • एमाले सिद्धलेकले दियो उम्मेदवारीः अध्यक्षमा प्रेमनाथ र उपाध्यक्षमा कमला

    धादिङ । नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुख, उपप्रमुख सहित सवै उमेदवारले आज मनोनयन दर्ता गराएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल उप–प्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

    images

    278988896_939824086657838_950548166005042226_n.jpg

    बुङचुङबाट बाजागाजा सहित हजारौंको संख्यामा उपस्थित कार्यकर्ताहरुको ¥याली सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।यसैगरि सिद्धलेक गाउँ संठगन कमिटिको निर्णय अनुसार सूर्य ध्वजाबहाक वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यहरुले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झम्कबहादुर मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ भुपेन्द्र मगर, वडा नम्बर ७ मा लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँ पार्टी कमिटिले यस अघिनै सर्वसम्मत रुपमा सवै उमेद्धारको टुंगो लगाएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १९:४९:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology