शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

धादिङमा गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

नागरिक पाटी

१७, बैशाख २०७९
  • 13.9K
    SHARES
  • धादिङमा गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

    स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्ताक्षप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्। एमाले र माओवादीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

    images
    images

    पार्टी र गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई दलले कारबाही गर्ने चेतावनी दिएपनि स्वतन्त्र उम्मेदवारले मनोनयन झिकेका छैनन्। प्राय चर्चित नेताहरुकै पालिका र वडामा बागी धेरै छन्।

    नेपाली कांग्रेसका जिल्ला सभापति र चर्चित नेता भीम ढुंगानाकै गृह नगरमा महिला नेतृ कल्पना अघिकारीले कांग्रेसविरुद्ध बागी उम्मेदवारी कायमै राखेका छिन्। गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उपप्रमुख पदमा कांग्रेसविरुद्ध अघिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। ‘आफू जित्नको लागि मात्रै गरेको विद्रोह होइन, मेरो संघर्ष सिंगो महिला वर्गको उपेक्षाविरुद्ध हो’ अधिकारी भन्छिन्,‘४० प्रतिशत महिलाले संविधानतह अधिकार पाउनुपर्ने अवस्थामा महिला विमुख हुन नदिनका लागि मेरो विद्रोह हो।’

    कांग्रेस महासमिति सदस्य समेत रहेका अधिकारीलाई गठबन्धन गर्ने नाममा पहिलो निर्वाचनमा पनि कांग्रेसले व्याक गराएको थियो। गठबन्धन जोगाउने नाममा गुट र उपगुटका हावी भएकै कारण पनि पुरुष हावी भएको उनले बताएकी छन्। ‘पार्टीले कारबाही गर्ला मलाई त्योसंग सवाल छैन, पार्टीभित्र बसेर काम गरेर आफ्नो अस्तित्व कायम राख्न सकिएन भने त्यो भन्दा ठूलो कारबाही केही हुन सक्दैन,’ उनले भनिन्।

    पृवी राजमार्ग जोडिएको थाक्रे गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेबाट गोकर्ण रुपाखेती विद्रोहमा उत्रिएका छन्। एमालेले उठाएको समृद्धि, संलग्नता र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न चाहने कार्यकर्ताहरुको भावना विपरित विगतमा टेस्टेड भइसकेका उम्मेदवारकोविरुद्ध आफु बागी उठेको रुपाखेतीले बताए।

    विकास विरोधी हर्कतको भण्डाफोर गर्दै आर्थिक परिवर्तनका एजेन्डासहित बागी उम्मेदवारको रुपमा एमालेले उम्मेदवार बनाएको रामकुमार आचार्य विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको रुपाखेतीले बताए। ‘पालिकामा नेतृत्व परिवर्तन जरुरी छ, नेतृत्व परिवर्तन हुन सकेन भने थाक्रेको विकास र समृद्धि सम्भव छैन भन्ने निष्कर्ष सहित प्रतिस्पर्धामा उत्रिएको छु,’ उनले भने।

    कांग्रेस र एमालेका बागी उम्मेदवारी दिने अधिकारी र रुपाखेती उदाहरण मात्रै हुन्। पालिका अध्यक्ष उपाध्यक्षदेखि वडाअध्यक्ष र सदस्यहरुमा समेत बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छैनन्। शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिनेहरुको लागि समय भएपनि नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा एमालेबाट बागी उठेका उत्तम अधिकारीले फिर्ता लिएनन्।

    ज्वालामुखी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बागी परेका युवा दिनेश रमण आचार्यले पनि मनोनयन फिर्ता गरेका छैनन्। आचार्य ज्वालामुखी,६ का युवा हुन्। नेतृत्वमा देखिएको गुटबन्दी, नातावाद, कृपावाद र अराजकताकोविरुद्ध आफूहरुले स्वतन्त्र उम्मेदवारी नछोडेको उनीहरुले बताएका छन्। शंकर श्रेष्ठले नागरिक दैनिकमा यो खबर लेख्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - ०७:०५:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology