गोकर्ण रुपाखेती
३५ वर्षे राजनितिक यात्राको दौरानमा सँधै अटल दृढ संकल्पित भई नेकपा एमालेको राजनितिक यात्रामा तपाईहरुको बिचमा बिभिन्न जिम्मेवारीमा रही क्रियाशिल रहदै आएको थिएँ । २०७९ को स्थानिय तहको निर्वाचनमा हामीले पालिकाको ऐतिहासिक जिम्मेवारी लिई सकेको अध्यक्ष ज्युलाई नेतृत्व हस्तान्तरण मार्फत पालिकाको विकासमा आफ्नो क्षमता प्रस्तुत गर्ने बिभिन्न बिकल्प सहितको अनुरोध गरेका थियौँ ।
हामीले नेतृत्वलाई समेत भनेका थियौ पालिकामा पार्टीको बिधि, सिद्धान्त, सिस्टम भन्दा व्यक्तिवादी चिन्तनका साथ पालिका सञ्चालन गर्दा भएको बिभिन्न क्षेत्रको अनियमितता लाई प्रोत्साहित गरेको, भ्रष्टचार चरम भएको, अपारदर्शि, कुशासन, अराजकता, व्यक्तिवाद साथै बिकासका योजनाको अवरोध गर्ने र अरु कोही होईन भन्ने अहंकार, दम्भ घमण्डका कारण आम कार्यकर्ता साथै युवाहरुको भावनामा चोट पुगेको, बिकासका योजनाहरु कार्यन्वयन गर्न असक्षम रहेको, कार्यसम्पादनमा जिल्लाको १३ पालिकामा कमजोर पालिका सुचिमा दर्ज भएको, प्रशासनमा हस्तक्षेपका कारण यस अवधिमा ११ जना प्रशासकिय अधिकृत परिवर्तन हुन परेको, हामीलाई विश्वास गर्ने ईमान्दार कार्यकर्तालाई बिभिन्न वहानामा रोजगारीवाट निकालिएको साथै दुख दिने गरेको लगायतका क्रियाकलापवाट जनस्तरमा नकारात्मक आवेगहरुमा नेतृत्व परिवर्तन गरी एमालेको साख वचाउन पटक पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै जिल्ला नेतृत्वको निर्णय लाई प्रदेश तथा केन्द्र नेतृत्वको गलत निर्णयवाट हामी तमाम कार्यकर्ता मर्माहित भई राजनितीक यात्रामा अवरोध आएको र स्वाभिमान साथै आत्मसमानमा ठेस पुगेकोले नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य, प्रदेश निर्वाचन क्षेत्र १ क प्रमुख जिल्ला निर्वाचन बिभाग प्रमुख साथै थाक्रे पार्टी कमिटी सह ईन्र्चाज को जिम्मेवारीवाट मैले बिदा लिएको हुँ मेरो स्वाभिमान कहिलै झुक्ने चैन जिवन कहिलै चुक्ने छैन ।
यो आवेग उतेजना साथै अवसरवाद नभएर स्वाभिमान आत्मसम्मान माथी भएको चोटको पिडाका कारण बिदा लिँदै स्वतन्त्र जिवनमा आउनको लागि यस अवधिमा जनस्तरमा गरेको मेरो कामको मुल्याँकन गर्न जनताको बिचमा भँुईकटहर चुनाव चिन्ह लिएर तपाईहरुको बिचमा चुनावी महासंग्राममा समाहित भएको छु । यो स्वाभिमानको लडाँईमा तपाईको अमुल्य मतको अपेक्षा गर्दै बिजयी वनाउन महत्वपूर्ण साथ दिनु हुने बिश्वास लिएको छु । तपाईहरुको अभिमतवाट थाक्रेवासी अभाव उत्पीडन साथै बिकासमा भएको अवरोध वाट प्रभावित न्याय प्रेमी दाजुभाई दिदिवहिनी आम समुदायको सेवामा सधै सर्मपित रहने प्रतिवद्धता व्यक्त गर्दछु । यो अभियान कुनै पार्टी बिरुद्ध नभएर मात्र गलत प्रबृती बिरुद्धको हो ।
मेरा प्रतिवद्धता
१) राजनितिक दलको नाममा निर्वाचित व्यक्तिहरु राजनितिक कुण्ठावाट सेवा प्रवाह गर्दा जनताहरुमा निरासा र बितृष्ण पैदा भएकोले सबै राजनितिक आस्थालाई सम्मान गदै विकासको मुलप्रबाहमा समाहित वनाउन ।
२) थाक्रे गाऊँपालिकाको विकासमा सबै राजनितिक आस्था र विचारहरुको साझा सवालहरुमा एकता, सद्भाव सहितको दिगो विकास र शान्तिको आधार तय गर्न ।
३) समाजिक रुपान्तरण सहितको समृद्ध थाक्रे पालिका निर्माणमा सबैको अपन्वत्व र नेतृत्व स्थापित गर्न
४) राजनितिक आडमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी सुन्य सहनशिलताको अभ्यास गर्न
५) सबै जनतालाई पालिकाको विकासमा लामबद्ध गराई साझा पालिका हो भन्ने मान्यता स्थापित गर्न
७) एक भोट साथीलाई अन्य भोट पार्टीलाई अभियान सञ्चालन गर्न
८) थाक्रे वासीहरुमा रहेको अशिक्षा, बिभेद, भोकमरी, गरीबी, बेरोजगारी अन्त्य गरी गुणस्तरीय शिक्षा, समतामा आधारीत समानता, स्वरोजगार, उद्यमशिलता, रोजगार, सिप र दक्षता सहितको आर्थिक विकासमा क्रियाशिल गराउन ।
९) बैदेशिक रोजगारमा जान वाद्य युवाहरुलाई अनिवार्य सिप प्रदान गरी सीपयुक्त दक्ष जनशक्ति सहित श्रम वजारवाट प्राप्त हुने अवसर सम्मानीत वनाउन
१०) अनौपचारी क्षेत्रका श्रमिकहरुको समाजिक सुरक्षा सहितको अभियानमा पालिकालाई बिकास गर्न
११) कृषिलाई आधुनिकिकरण, औधोगिकीकरण, व्यवशायिकरण गरी उत्पादन साधनमा सहज पहुँच पु¥याई सँस्थागत वजारीकरण मार्फत जिविकोपार्जनको आधार तयार गर्न
१२) गाउँपालिकाभित्र रहेका बिपन्न, सीमान्तकृत साथै किसानहरुको पहिचान र वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराइने छ, यसका लागि गाउँपालिकाले डाटाबेस अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिनेछ ।
१३) बिकासका पुर्वाधार सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, बिद्यालय, सिंचाई, पर्यटनको बिकास साथै समाजिक बिकासलाई उच्च प्रथामिकतामा राखि सहज जिवनयापनको आधार स्थापित गर्न
१३) थाक्रेवासीहरुको सहभागीतामा निर्माण गरीने योजना र कार्यन्वयनको प्रभावकारीतालाई सस्थागत गरि दिगो विकासको आधार तयार गर्न
१४) सम्मानित जिवनयापनका लागि सामाजिक, धार्मिक र आर्थिक रुपमा हुने बिभेदलाई अन्त्य गर्न
१५) पालिका गौरवका आयोजनाको बिकास र निर्माण गरी समृद्ध थाक्रे अभियानलाई सस्थागत गर्न
१६) युवा वर्गको जोस, सृजनशिलता, उत्पादनशिलता, उद्यमशिलतालाई सस्थागत र व्यवस्थित गरी समाजिक रुपान्तरणमा प्रभावकारी परिचालन गर्न ।
१७) कृषि उत्पादनको सर्मथन मुल्य तोकी वजारीकरणलाई ब्यवस्थित वनाउँदै किसानको हक हित र अधिकार सहितको आर्थिक विकासमा लामवद्ध वनाउन
१८) वडाको बिशेषता अनुसारको बस्तु उत्पादन, प्रबद्र्धन गर्दै औद्योगिक विकासमा नेतृत्व गर्न
१९) शिक्षाको गुणस्तरियता कायम गर्न नयाँ प्रबिधि र अभ्यासहरुलाई स्थापित गरी उत्पादित जनशक्तिको अभिलेखीकरण गरी बिकासका योजनामा सहभागी गराउन
२०) पालिकावाट नियुक्त शिक्षकहरुको न्युनतम पारिश्रमीक कम्तीमा २५ हजार वाट तहगत बृद्धि गरी पेशाप्रतिको सम्मान गर्ने र जवाफदेहिता बिकास गर्ने अन्य शिक्षकको माथिल्लो कक्षा पढाए वापत थप सेवा सुबिधा उपलब्ध गराउने
२१) सबै वस्तीलाई सुचना मैत्री वनाउन फ्रि वाईफाई सहितको स्मार्ट पालिका निर्माणमा बिशेष पहल गर्न
२२) स्वास्थ्य सेवालाई प्रभावकारी वनाई बिशेष सेवा वा अन्य सेवाको बिशेषज्ञ सेवा पालिका अस्पताल र स्वाथ्य चौकीमा उपलब्ध गराई निरोगी पालिका घोषणा गर्न
२३) दिर्घरोगको पहिचान र उपचारमा सहयोगको अवस्था सृजना गर्न
२४) सामाजिक न्यायको अनुभुत गराई सबैले आत्म सम्मान सहित जिउने आधार तयार गर्न
२५) खेल क्षेत्रको विकास र बिस्तारका लागि अभियान सञ्चालन गरी राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गरी थाक्रे पालिकाको खेल b क्षेत्रमा राम्रो पहिचान दिन
२६) सहकारी क्षेत्रको विकासवाट वचत तथा ऋणको अवसर सृजना गरी साना तथा ठुला व्यवशायको बिकास र बिस्तारलाई सँस्थागत गर्न ।
२७) बिभिन्न क्षेत्रको औद्योगिकिकरणको साथै व्यवशायिककरणको वातावरण वनाई रोजगारी सृजना गर्न
२८) महत्वपुर्ण राजस्व संकलन भएको रोडा, वालुवा व्यवशायलाई मर्यादित, व्यवस्थीत र सम्मानित वनाउदै जनस्तरमा पर्ने प्रभावलाई कम गर्न
२९) पर्यटन क्षेत्रको विकास बिस्तारमा आधार लाई व्यवस्थित र प्रभावकारी वनाउन
३०) सार्वजनिक सेवालाई शुसाशित, प्रभावकारी, छिटो छरितो, जनताको सहज पहुँच पु¥याउन
३१) थाक्रे पालिकालाई नगरपालिका घोषणा गरी आगामी निर्वाचनमा युवाको नेतृत्व स्थापित गर्न
३२) प्रत्येक वडामा कम्तीमा सात किलोमिटर सडक कालोपत्रे साथै निर्माण भएका सडकको स्तरोन्नती गरि सँधै भरी सञ्चालनमा ल्याउन सक्ने वनाई सडक पुगेको स्थानमा उत्पादन बृद्धिका क्रियाकलाप आयोजना सञ्चालन गर्न
३३) फलफुल क्षेत्रको व्यापक बिस्तार गरी नियमित आम्दानी स्रोत बृद्धि गर्न साथै वातावरण सन्तुलन साथै कार्वन व्यापारवाट किसानलाई लाभ दिलाउन
३४) खानेपानी आयोजनाहरुको प्रभावकारी कार्यन्वयन गरी सर्वसुलभ खानेपानी एक घर एक धारा १०० परिवारमा पु¥याउन
३५) पूर्ण सरसफाई पालिका निर्माणका लागि आवश्यक फोहोर व्यवस्थापन, शौचालय निर्माण लाई उच्च प्रथामिकता दिन
३६) राजमार्ग क्षेत्रको वजार व्यवस्थापन वजारवासीहरुको अगुवाईमा व्यवस्थित गर्न
३७) उपभोक्ता समितिको क्षमता विकास साथै गुणस्तरिय निर्माणको अवस्था सृजना गर्न यसमा रहेको झन्झटलाई कम गरी पारदर्शि योजना कार्यन्वयन गर्न
३८) ठेक्का प्रणालीको प्रभावकारी कार्यन्वयन गर्न
३९) नमुना गाऊँ पालिका वनाई देशको गौरव स्थानियको पौरख अभियानको व्यवस्थापन गर्ने
४०) बिकासका साझेदार, निजि क्षेत्र, सामाजिक क्षेत्र र सहकारी क्षेत्रको सहकार्यलाई सरलिकृत गरी बिकासको अभियानको थालनी गर्ने
४१) पालिकामा बिभिन्न बिषयगत प्राबिधिक शिक्षा, क्याम्पस सञ्चालन गरी बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन गर्ने, वाल मैत्री पालिका, महिलामैत्री, समावेशी मैत्री पालिका निर्माण गर्ने साथै यसवाट पर्यटन विकासमा समेत योगदान दिन
४२) वर्षको २ दिन बिशेष गरी आन्तरीक पर्यटन क्षेत्रमा भ्रमणका लागि शिक्षक कर्मचारीलाई विदा दिने
४३) राम्चे, पोखरीचौर, भुमीचुली, ठुलो पोखरी, पानढुङ्गा, मिनिलुम्बीनी पार्क, सरस्वती पार्कको बिकास गरी पर्यटन मार्फत स्थानिय रोजगारी सृजना गर्ने
४४) पालिका प्रमुख संग उद्यमी, बिद्याथी, युवा अभियान, किसान अभियानको थालनी आदि
रुपाखेती धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त उम्मेदवार हुन् । उनको चुनाव चिन्ह भुँईकटहर रहेको छ ।