आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमाले थाक्रेको विवाद समाधान, अब मिलेरै अघि बढ्ने

एमाले थाक्रेको विवाद समाधान, अब मिलेरै अघि बढ्ने

नागरिक पाटी

२०, बैशाख २०७९
  • 30.4K
    SHARES
  • एमाले थाक्रेको विवाद समाधान, अब मिलेरै अघि बढ्ने

    नेकपा एमाले थाक्रेको विवाद समाधान भएको छ । जिल्ला सचिवालय सदस्य समेत रहेका गोकर्ण रुपाखेतीले गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सतहमा आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर स्वतन्त्र उम्मेदवारबाट ब्याक भई एमालेका आधिकारीक उम्मेदवार रामकुमार आचार्यलाई सघाउन सहमत भए सँगै विवाद समाधान भएको हो ।

    images

    अध्यक्ष ओली कमरेडले गल्ती समिक्षा गरौंला, अहिले विवाद नगरौं, एमालेले हार्न हुन्न । जित्ने पक्का रहेको पालिकामा विवाद हुँदा विपक्षीहरु ताली बजाई रहेका छन् । मिलेर जानुहोस् भनेपछि आफूले सघाउने निस्कर्षमा पुगेको रुपाखेतीको भनाई छ ।

    oli-panta-rupakheti.jpg

    नेकपा एमाले थाक्रेमा उत्पन्न आन्तरिक समस्या समाधान गर्न ओलीले जिल्ला अध्यक्ष भुमि त्रिपाठी र पार्टी जिल्ला संस्थापक नेता जगन्नाथ नेपाल, कृष्ण पन्त, गोकण रुपाखेती र रामकुमार आचार्य लगायतका नेताहरुलाई सोमबार निजि निवास बोलाएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०७:०४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology