आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब ग्यासमा दुईथरी मूल्य तोकिने

अब ग्यासमा दुईथरी मूल्य तोकिने

नागरिक पाटी

७, आषाढ २०७९
  • 4.6K
    SHARES
  • अब ग्यासमा दुईथरी मूल्य तोकिने

    नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वमा टोली गठन भएको निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए ।

    images

    ‘गुणस्तर विभागबाट प्रतिवेदन आएपछि हामी यही आवभित्र छुट्टाछुट्टै मूल्य निर्धारण गरेर लागू गर्छौँ,’ उनले भने । औद्योगिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको साइज र रङ नै फरक हुने उनले बताए ।

    निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिसचिव गणेश पाण्डेले इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट बक्यौता भुक्तानी नगरेसम्म तेल नपठाउने चेतावनी आएको बताए ।

    पाण्डेका अनुसार आइओसीलाई निगमले २२ अर्बको ब्याज पनि तिर्नुपर्नेछ । बक्यौताको ब्याजदर साढे १२ प्रतिशत छ, असारका बाँकी दिनको समेत जोड्दा निगमले २५ अर्ब रुपैयाँ आइओसीलाई भुक्तानी गर्नुपर्ने अनुमान छ । मूल्यवृद्धि गर्दा बक्यौता नघटे पनि नथपिने निगमको विश्वास छ । नयाा पत्रिका दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - ०७:४८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology