आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग

नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग

नागरिक पाटी

१९, आषाढ २०७९
  • 5.2K
    SHARES
  • नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग

    नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक ९असई० लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरिक्षकका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

    images

    गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४ सय ४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतबार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:३७:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology