आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पहिलो कार्यकालमा संघ र प्रदेशसँग समन्वय राम्रो रहेपनि काम गर्ने कुरामा सोचेजस्तो सहयोग भएन । : मेयर आचार्य

पहिलो कार्यकालमा संघ र प्रदेशसँग समन्वय राम्रो रहेपनि काम गर्ने कुरामा सोचेजस्तो सहयोग भएन । : मेयर आचार्य

नागरिक पाटी

२८, आषाढ २०७९
  • 6.6K
    SHARES
  • पहिलो कार्यकालमा संघ र प्रदेशसँग समन्वय राम्रो रहेपनि काम गर्ने कुरामा सोचेजस्तो सहयोग भएन । : मेयर आचार्य

    केन्‍द्रले हेर्नुपर्ने काममै हामीलाई समस्या छ, तर हामीमा समस्या छैन, समस्या केन्द्रबाटै भएको छ’ धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य भन्छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका आचार्य अबको पाँच वर्षमा धुनिबेंसीलाई उत्कृष्ट नगरपालिका बनाउने बताउँछन् । नगरबासीको दुख बुझ्न घर घर जाने योजना सुनाउँदै भन्छन् ‘म यहाँको मान्छे मलाई यहाँको आवश्यकता थाहा छ ।‘ गत पाँच वर्षको कार्यकाल र आगामी कार्यकालका विषयमा आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

    images

    दोस्रो कार्यकालको लागि निर्वाचित भएको करिव १ महिना भैसक्यो अब कसरी अगाडी बढ्ने योजनामा हुनुहुन्छ ?

    दोस्रो कार्यकालमा मेरो त्यस्तो नयाँ योजना लिएर जादिँन । म आवश्यकतामा काम गर्ने मान्छे मलाई धुनिबेसीको आवश्यकता र भुगोल थाहा छ । यो नितान्त नयाँ नगरपालिका हो। नगरप्रमुख हुनुभन्दा अगाडी पनि म यहाँ सामाजिक काममा सक्रिय थिएँ। त्यसकारण मलाई यहाँको समस्या के हो र यसलाई कसरी सम्बोधन गर्नुपर्छ थाहा छ । त्यसकारण दोस्रो कालमा मैलै पहिलो कार्यकालमा गर्न नपाएका सबै कार्यहरू पूरा गर्नेछु ।

    मैले ५ वर्षको कार्यकाल पूरा गरिसके जुन संकटमा मैले आफ्नो कार्यकाल पूरा गरे जहाँ कर्मचारी अभाव, भवन अभाव कुनै पनि नीति तथा कार्यहरूको योजना कुनै चिज नभएको अवस्थामा पनि कार्यकाललाई निकै सन्तोषजनक रूपमा पूरा गरेको थिएँ । यसलाई यहाँका जनमानसले पनि महसुस गर्नुभएको छ । यसकारण हामीले कस्तो ठाँउमा आएका थियौँ र कस्तो बनायौँ । चुनावमा पनि मैले म यो गर्छु भोट देऊ भनेको थिइन् । मैलै मेरो काम राम्रो लाग्छ, मैले लिएर अगाडि बढेको नीति राम्रो लाग्छ भने मलाई सहयोग गर्नुहोस् ।

    म यही अधुरा कामहरू जो मैले अगाडी सारेको छु त्यी कामहरू पूरा गर्छु र यो नगरपालिकालाई सुशासन युक्त समृद्ध नगरपालिका बनाउँछु। मैले यसअघि गरेका वाचा पूरा गर्नका लागि समय दिनुहोस् भनेर मैलै जनतासँग समय मागेको थिएँ जनताले पनि मलाई सोही अनुसार दोस्रो कार्यकालको लागि मत दिएर जिताइदिनुभयो । म अब जनताको घरदैलोमा जान्छु र उहाँहरूको सुझाव सल्लाह लिन्छु । मैले अगाडी गरेका केही काम र नीति मनपराइदिनुभयो यसकारकारण म अब नितान्त रूपमा उहाँहरूको भावना र आवश्यकताका कामहरू पूरा गर्दै जाने योजना रहेको छ ।

    आफ्नो पहिलो कार्यकालमा तपाईं कसरी समीक्षा गर्नुहुन्छ ?

    सिधा भाषामा भन्दा म आफूले आफूलाई सफल जनप्रतिनिधि भनेर गर्व गर्छु । किनभने मैलै पाँच वर्षमा गरेका कार्यहरूमा जुन नितान्त नयाँ नगरपालिका थियो। पहिलो कार्यकालमा निर्वाचित भएको बेलामा कुनै पनि नीति र निर्मार्ण नभएको र नयाँ व्यवस्था र नयाँ संरचना भएको २०औं वर्ष कर्मचारीले मात्र काम चलाएको जनप्रतिनिधी नभएको त्यस्तै कानुनी अधिकार पनि केन्द्रमा मात्र सिमित रहेको ।

    केन्द्रले जति बजेट दियो, जे आदेश दियो त्यसैलाई भागबण्डा लगाएर विकास योजनाहरूमा जोडिएको। बाहिरबाट आएको कर्माचारी जसले त्यहाँको अवस्था, भुगोल एवं आवश्यकता बुझेको छैन् यसरी यस्ता सिमित काम गरेको त्यस्तै पहिलो कार्यकाल सुरु हुनुभन्दा करिव १ महिना अगाडिमात्रै घोषणा भएको नगरपालिकामा कानुन नभएको प्रदेश सरकार नभएको अवस्था, हिजो के भयो भनेर हेर्ने अवस्था नरहेको बेलामा पनि हामी आएर काम गर्‍यौँ। हामीले आएर ७४ ओटा कानुन बनायौँ, समयमा बजेट लिएर आयौँ ।

    ८२र८३ प्रतिशतसम्म हामीले वार्षिक उत्कृष्ट कार्य गर्यौँ । हाम्रा नीति तथा कार्यक्रम निर्वाध रूपमा पाँच वर्षसम्म विवादरहित रूपमा सहि सदुपयोग गर्‍यौँ । कोरोनाकालमा पनि उत्कृष्ट कार्य गरेका थियौँ। जनतासँग मत माग्न जाँदा उहाँहरूकै प्रतिकृयाले पनि सो कार्यकाल सफल जनप्रतिनिधीको रूपमा बितेको लाग्छ ।

    दोस्रो कार्यकालको लागि निर्वाचित भएर आइसकेपछि गरेका निर्णयले नगरवासी खुसी छन् ?

    खुसी छन् यदि खसी छैनन् भने मप्रति आक्रोश भएर आइसक्थे । यदी हाम्रो निर्णयले नागरिकहरू बेखुसी हुनुभएको भए फोन,इमेल वा फेसबुक पेजमा उहाँहरूका गुनासाहरू आइसक्थे होलान् यसकारण हामीले गरेका कार्य तथा निर्णयहरूले नगरवासी खुसी छन् । यदी खुसी थिएनन् भने हामीले भोट माग्न जाँदा मै गुनासाहरू राख्थे होलान् । हामीले पाँच वर्षमा गरेका कार्यहरूमा नागरिकहरूले तपाईंले गरेका यी कार्यहरू ठीक छैनन् । यस्ता कार्य छुटेका छन् । यो कार्य किन गर्नु भएन लगायतका प्रश्नहरू आउँथ्यो होलान् । उहाँहरूले नै मलाई दोस्रो कार्यकालको लागि शुभकामना दिएर जिताउनु भएको थियो ।

    पहिलो कार्यकालमा संघ र प्रदेशसँगको समन्वय कस्तो पाउनुभयो ?

    पहिलो कार्यकालमा संघ र प्रदेशसँग समन्वय राम्रो रह्यो । तर काम गर्ने कुरामा चाँही सोचेजस्तो सहयोग भएन । सहयोग नै भएन भन्ने होइन तर हाम्रो नयाँ नगरपालिका जहाँ जति खर्च गरेपनि खाली नै देखिने अवस्था रहेको थियो । मैले पटकपटक भन्ने गरे प्रदेश त हामी भन्दा कान्छो सरकार हो । आर्थिक रूपमा कति सहयोग गर्‍यो त्यो सिस्टमले देखाउँछ नै । काठमाडौँमा उकुसमकुस भएका नागरिकलाई एक पार्क बनाउनको लागि हामीले सहयोग खोज्यौँ यसमा केन्द्र सरकारले केही सहयोग गर्छ भन्ने अपेक्षा थियो तर त्यसमा उहाँहरूको ध्यान जान सकेन । अन्य नियमित पाउने अनुदानहरू हामीले पाएकै छौँ । अन्य नागरिकता, शिक्षा लगायतका ऐनहरू दिन नसक्दा भने केही समस्या भएका थिए ।

    पहिलो कार्यकालमा के कस्तो काम गर्नुभयो ?

    धुनिबेसी नगर पहिला म आउँदा कर्मचारीहरूद्वारा सञ्चालित नगर थियो। नगरपालिका कै कुरा गर्दा पनि म आएको करिव १ महिना अगाडी मात्रै घोषणा भएको नगरपालिका हो । कुनै नीति नभएको भवन नभएको कर्मचारी इञ्जिनियर केही नभएको नगरपालिकालाई हामीले विस्तारै पाँच वर्षमा यो स्थानमा ल्याएका छौँ । शिक्षाकै कुरा गर्दा हाम्रो स्थानीय तहमा प्राविमा पढाउने शिक्षकले माविमा पढाउनु पर्ने स्थिती थियो । प्लस टु पास गरेका शिक्षकहरूले हेड मास्टर भएर विद्यालय चलाएका स्थिति थियो। यसले हाम्रो शिक्षाको गुणस्तर कहाँ पुर्‍याइरहेको छ तरु त्यसलै हामीले स्थानीय श्रोतबाटै २७ जना शिक्षकको व्यवस्था गर्‍यौँ जुन सरकारी तलव सुविधा दिएका थियौँ । खानेपानीको चरम अभाव भएको स्थानमा हामी डिप बोरिङ खनेर खानेपानी उपलब्ध गरायौँ ।

    केन्द्रले स्थानीय तहलाई बलियो बनाउन ध्यान नपुगेको हो ?

    त्यसो भन्न पनि नमिल्ला धेरै जसो अधिकारहरू त स्थानीय तहमा आइसकेका छन् । ती अधिकारहरूलाई कार्यन्वयन गर्न चाहि उहाँहरूको अझै ध्यान पुगेको छैन् । अन्य सहयोग सबै पाएका छौँ तर कतिपय हामीले माग गरेका कुरा तथा कानुनहरूमा भने संघबाट सहयोग पाएका छैनौँ । साभार : ईकागज डटकम

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - १८:११:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology