आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रपत्रिका

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

नागरिक पाटी

३०, आषाढ २०७९
  • 5.8K
    SHARES
  • ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

    भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।

    images

    विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष राखेका थियौँ। अनुमान गर्दा २०८२ सम्ममा सकिएला जस्तो छ।ु तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका १ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो।

    विभागले क्षति भएका १ सय २० सांस्कृतिक सम्पदाको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरिएको प्रवक्ता कुँवरको भनाइ थियो। उनले आगामी आवमा सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०७:३०:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology